खेलकुद

क्रिकेटर कुशल मल्ललाई बुटवलको न्यू होराइजन माविद्धारा सम्मान



बुटवल, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्ललाई गृहनगर बुटवलमा नगद राशीसहित सम्मान गरिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको भन्दै मल्ललाई न्यू होराइजन माविले सम्मान गरेको हो ।

मल्ललाई विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले नगद २१ हजार ५ सय रुपैयाँ नगद सहित सम्मान गरेका हुन् । सो अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा निजी क्षेत्रका शैक्षिक संस्थाको पनि ठूलो योगदान रहेको बताए ।

न्यू होराइजनबाट कुशल सहित राहुल बिक र सुशन भारी सिनियर टिममा तथा जुनियर राष्ट्रिय टिममा सौरभ खनाल, रुपेश बास्तोला, देबेन्द्र सोमरे, प्रकाश केसी, निर्मल थापा, स्विचेन शाह, नुरध्वज सेन र कृष्ण सेन प्रतिनिधित्व गरिसकेका खेलाडी रहेको प्रशिक्षक गौचनले बताए ।

बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।

नेपाललाई विश्व कप छनोटमा पु¥याउन योगदान गर्ने कुशलसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र कुशल भुर्तेल लुम्बिनी प्रदेशका हुन् ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६