कपिलवस्तु ५ चैत । कपिलवस्तुमा नतिजा प्राप्त भएका ४ वटा क्याम्पस मध्ये ३ वटामा अनेरास्ववियूको एकल प्यानल विजयी भएको छ । त्यसैगरी एउटामा नेविसंघको प्यानल विजयी भएको छ । बुद्धभूमी क्याम्पस बर्कलपुर ,फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंग र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियूको प्यानल नै बिजयी भएको हो । बुद्धभूमीमा बाबुराम गिरीको प्यानल, महाराजगंजमा अभिशेष यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो । नेविसंघले शिद्धार्थ क्याम्पस बुङचीको सभापतिमा जित हासिल गरेकोछ । नेविसंघका निलकमल चौधरी ३० मतको अन्तरमा बिजयी भएका छन् ।सचिव सहितका बहुसंख्यक पदमा अनेरास्ववियू निर्वाचित भएपनि सभापति नेविसंघले जितेको हो । यता कपिलवस्तु बहुमुखीमा नेविसंघको प्यानल बिजयी भएको छ। तोयनारायण न्यौपानेको प्यानल बिजयी भएको हो ।
यो क्याम्पस विगतमा अनेरास्ववियूले जित्दै आएको थियो ।नेपाल आदर्श क्याम्पस शिवपुर र फलारी वावा बहुमुखी कयाम्पस महाराजगंज यस अघि नेविसंघले जित्दै आएका क्याम्पस हुन् । आइतबार रातीसम्म प्राप्त मतपरिणाम अनुसार ३४ वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १५ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् ।
ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।
अनेरास्ववियु (एमाले)
१। जिरी क्याम्पस दोलखा, ज्योती खड्का
२। सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा
३। श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी
४। साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का
५। मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने
६। जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने
७। खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक
८। कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी
९। नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल
१०। थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा
११। मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर
१२। हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३। सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी
१४। रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु
१५। ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव
१६। अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७। शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली
१८। रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी
१९। माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी
२०। गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी
२१। पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल
२२। बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी
२३। कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी
२४। नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ
२५। भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल
२६। हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा
२७। खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी
२८। बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती
२९। लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ
३०। सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा
३१। पिपुल क्याम्पस काठमाडौं, रञ्जित भण्डारी
३२। नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल
३३ फलारीवावा बहुमुखी क्याम्पस महाराजगंज अभिशेष यादव
३४ नेपाल आदर्श बहुमुखी क्याम्पस शिवराज रामकुमार तेली
अखिल क्रान्तिकारी (माओवादी)
१। रामपुर क्याम्पस कन्चनपुर, सरस्वती तिरुवा
२। चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
३। जयबागेश्वरी क्याम्पस धादिङ, नवराज त्रिपाठी
४। प्रताप स्मृति क्याम्पस दोलखा, रुपेश अर्याल
५। मोहन्याल क्याम्पस कैलाली, अर्जुन खत्री
६। मच्छिन्द्र क्याम्प्स धादिङ, अनिल उप्रेती
७। सेटिगाउँ क्याम्पस वैतडी, मोहन वोहोरा
८। जलबिरे क्याम्पस सिन्धुपाल्चोक, अच्युत अर्याल
९। रघुनाथ क्याम्पस कैलाली, बिनिता चौधरी
१०। आँबुखैरेनी क्याम्पस तनहुँ, निशान मगर
११। अमरज्योति क्याम्पस नुवाकोट, दीक्षा मिश्र
१२। जुगल क्याम्पस सिन्धुपाल्चोक, सुदर्शन अर्याल
नेविसंघ (कांग्रेस)
१। जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे
२। गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी
३। त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा
४। थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही
५। केन्द्रीय क्याम्पस किर्तिपुर, श्यामराज ओझा
६। शहिदकृष्ण क्याम्पस तनहुँ, बिष्णु अधिकारी
७। रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ
८। शहीद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला
९। चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही
१०। नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट
११। गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का
१२। डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय
१३। पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ
१४ कपिलवस्तु बहुमुखी क्याम्पस तोयनारायण न्यौपाने
१५ शिद्धार्थ क्याम्पस बुङची कपिलवस्तु निलकमल चौधरी
अनेरास्ववियू (नेकपा एस)
१। वंशगोपाल क्याम्पस मकवानपुर, दिवस सिलवाल
२। मनहरी वहुमुखी क्याम्पस मकवानपुर, कुमार घिसिङ
३। तेज निरला क्याम्पस मुस्ताङ, अमिशा तिलिजा
अखिल क्रान्तिकारी (विप्लव)
१। जनता क्याम्पस मकवानपुर, मुना गोली
अखिल छैटौं (जनमोर्चा)
सर्बोदय क्याम्पस बागलुङ, गणेश पौडेल
प्रतिक्रिया