खोज–अनुसन्धान

कपिलवस्तुका ५ क्याम्पसमा अनेरास्ववियूले ,४ जित्यो नेविसंघले १

एकले अर्काका किल्ला भत्काए




कपिलवस्तु ६ चैत । कपिलवस्तुमा नतिजा प्राप्त भएका ४ वटा क्याम्पस मध्ये ४ वटामा अनेरास्ववियूको एकल प्यानल विजयी भएको छ । त्यसैगरी १ वटामा नेविसंघ

विजयी भएको छ । बुद्धभूमी क्याम्पस बर्कलपुर ,फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंग र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियूको प्यानल नै बिजयी भएको हो । बुद्धभूमीमा बाबुराम गिरीको प्यानल, महाराजगंजमा अभिशेष यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो । नेविसंघले शिद्धार्थ क्याम्पस बुङचीको सभापतिमा जित हासिल गरेकोछ ।

नेविसंघका निलकमल चौधरी ३० मतको अन्तरमा बिजयी भएका छन् ।सचिव सहितका बहुसंख्यक पदमा अनेरास्ववियू निर्वाचित भएपनि सभापति नेविसंघले जितेको हो । यता कपिलवस्तु बहुमुखीमा राजेश अगरहरीको नेतृत मा अनेरास्ववियूले जितेको छ! ।यो क्याम्पस विगतमा अनेरास्ववियूले जित्दै आएको थियो ।नेपाल आदर्श क्याम्पस शिवपुर र फलारी वावा बहुमुखी कयाम्पस महाराजगंज यस अघि नेविसंघले जित्दै आएका क्याम्पस हुन् ।यसपाली अनेरास्ववियूले नेविसंघको ऐतिहासिक किल्ला नेपाल आदर्श क्यामपसमा जितेको छ भने नेविसंघले अनेरास्ववियूको ऐतिहासिक किल्ला शिद्धार्थ क्याम्पसमा सभापति जितेको छ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६