खोज–अनुसन्धान

तिलौराकोट उत्खननका क्रममा विहार क्षेत्रमा नयाँ बस्तु भेटियो




कपिलवस्तु ७ चैत्र । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेलापरेको छ। कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ। कपिलवस्तुको उत्खननमा यस खालको वस्तु पहिलो पटक भेटिएको पुरातत्वविद्को दाबी छ। भेटिएको गजुर कुन समयमा बनेको भन्ने परीक्षणपछि मात्र थाहा हुने बताइएको छ। साथै माटोबाट बनेको गजलक्ष्मीको मूर्ति, माटाका भाँडाका टुक्रा र शिला पनि फेला परेका छन्।
तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार नजिक कन्थक स्तूप छ। कन्थक स्तूपको दक्षिणतर्फ सन् २०१४ मा भूभौतिक सर्वेक्षण गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो। त्यस ठाउँमा विहारको र पोखरीको संरचना फेलापरेको उहाँले बताउनुभयो। उहाँका अनुसार सन् २०१५ मा त्यस क्षेत्रमा उत्खनन गर्दा विहार र पोखरीको सानो भागको उत्खनन गरिएको थियो। पोखरी र विहारका पर्खाल उत्खननमा मौर्या कालका इँटाबाट बनेको पाइएको हो। उत्खनन कार्यमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुर्हम विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको टोलीलगायतको सहभागिता छ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६