अर्थ-वाणिज्य

बिधार्थीलाई बित्तिय साक्षर बनाउन मञ्च सकृय




दाङ ९ चैत । दाङको देउखुरीमा एक संस्थाले विद्यार्थीहरूलाई बचत गर्ने बानी बसाल्न र वित्तीय महत्त्वका बारेमा जानकारी गराउन वित्तीय साक्षरता कार्यक्रम सुरू गरेको छ ।दाङ देउखुरी लघु वित्त कर्मचारी मञ्चले देउखुरीका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत मञ्चले देउखुरीको ४ वटा पालिकामा विद्यालय लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
यसै क्रममा मञ्चले बिहीबार लमही नगरपालिका वडा नम्बर १ नर्तीमा रहेको सुर्यविनायक माध्यामिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय संस्थाको महत्व, दैनिक जीवनमा वित्तीय कारोबारका फाइदाहरु, भविष्यको योजना, वित्तीय संस्थाबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव र पछिल्लो समय लघुवित्त प्रतिको भ्रामक प्रचारका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।विद्यार्थीहरूलाई वित्तीय जागरण गराउने उद्देश्यले मञ्चले राप्ती, गढवा, लमही र राजपुर गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सुरू गरेको छ ।

विद्यार्थी तथा समुदायका नागरिकलाई किन बचत गर्ने र डिजिटल बैंकिङ कारोबारबाट के फाइदा हुन्छ भन्ने विषयमा र विद्यार्थी मार्फत अभिभावक सम्म लघु वित्तको सकरात्मक कुराहरू पुगोस् भन्नका लागि वित्तीय साक्षरता कार्यक्रम सुरू गरेको मञ्चका अध्यक्ष केशवराज पोख्रेलले बताएका छन् ।त्यस्तै मञ्चकी सदस्य तथा लक्ष्मी लघु वित्त वित्तीय संस्था सिसहनियाँकी शाखा प्रबन्धक शिला जिसीले पछिल्लो समय लघु वित्त वित्तीय संस्थालाई बदनाम गराउन एक गिरोह सक्रिय रहेको र त्यसले लगेको ऋण तिर्न पर्दैन भन्दै अपवाह फैलाउँदै हिडेकोले त्यस्ता गलत कुराको पछि नलागि आफुले लिएको ऋण समयमा तिरी असल नागरिक बन्न आग्रह गरेकी छिन् ।कार्यक्रम मञ्चका सदस्य रिसु चौधरीले नागरिकहरूलाई लुघ वित्त सँग निर्धक भएर कारोबार गर्न आग्रह गर्दै लघु वित्तको बदनाम गराउने गिरोहका पछि नलाग्न सुझाव दिएका छन् ।

उनले कुनै पनि नागरिकलाई जवरजस्ती ऋण लिन नभनेको र लिएको ऋण समयमा तिर्न आग्रह गरेका छन् । एक गिरोहले देशभर आफ्नो संघर्ष समितिमा नागरिकहरूलाई आवद्व गराउन पैसा समेत असुल गरिरहेकाले त्यस्ता गिरोहका पछाडि नलाग्न आग्रह पनि गरेका छन् । कार्यक्रममा मञ्चका सदस्य तथा किसान लघु वित्त वित्तीय संस्था नर्तीका शाखा प्रबन्धक चेतराज जैशी,मञ्चका सदस्य तथा फरवार्ड लघु वित्त वित्तीय संस्था नर्तीका शाखा प्रबन्धक रिसुलाल चौधरी, मञ्चका सदस्य तथा सिभिल लघु वित्त वित्तीय संस्था लालमटियाका शाखा प्रबन्धक खिमानन्द तिवारीले सहजीकरण गरेका थिए ।
मञ्चकी सदस्य तथा लक्ष्मी लघु वित्त तथा वित्तीय संस्थाका शाखा प्रबन्धक शिला जिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पत्रकार ओमप्रकाश गुप्ता, अस्थायी प्रहरी पोष्ट सिंगेखोलाकी प्रहरी हवल्दार कल्पना योगी, विद्यार्थीहरू हिमा पुन मगर र रेशम कार्की लगायतका वक्ताहरूले बोलेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका सचिव सन्तोष पौडेलले गरेका थिए ।
२०७८ सालमा स्थापना भएको मञ्चमा देउखुरी भरिका लघु वित्तका शाखा प्रबन्धकहरू आवद्व रहेका छन् । मञ्चले बचत तथा ऋण प्रवाह, विद्यालय तथा समुदाय स्तरमा वित्तीय साक्षरता कार्यक्रम, महिलाहरूलाई उद्यमशील बनाउने, ग्रामीण क्षेत्रका समुदायलाई वित्तीय शिक्षा प्रदान गर्ने काम गर्दै आएको छ । त्यस्तै मञ्चले ग्रामीण भेगका, बिपन्न बर्ग, महिलाहरुलाई लक्षित गरि उनीहरुको आर्थिक, सामाजिक स्थिती सुधार गर्न महत्त्वपूर्ण भुमिका समेत खेलेको छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६