अन्तर्राष्ट्रिय

अमेरिकी दुई वटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त



एजेन्सी, १६ चैत्र ।

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन्। नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएको अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ।

चालक दलका सदस्यको अवस्था अज्ञात छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ। केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताएका छन्।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६