अर्थ-वाणिज्य

अब्यबस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्छौ : पोलिटब्यूरो चौधरी

सुकुम्वासीलाई घरवारको समेत ग्यारेण्टी



सीता बेल्बासे
कपिलवस्तु २ जेठ
अब्यबस्थित बसोबासीहरुको समस्या सदाका लागि समाधान गर्ने दल भनेको नेकपा एमाले भएको नेकपा एमाले पार्टी पोलिटव्योरो सदस्य तथा भूमि अधिकार तथा श्रमिक संगठन केन्द्रिय अध्यक्ष शान्ता चौधरी बताउनु भयो । प्रथम ऐतिहासकि कपिलबस्तु जिल्ला अधिवेशनलाई सिद्धार्थ क्याम्पसलाई सम्बोधन गर्दै सो कुरा मंगलबार बताउनु भयो ।
भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास गर्ने गरिवलाई बिभिन्न कारण देखाउदै समस्या समाधान नगरेको बास्तविकता गरीबी निमुखा जग्गा नभएका जनताको लागि नभई माटो सम्म नकुचेकाको हजारौ विगाहा जग्गा भएको बताउदै वर्षै देखि उपयोग गर्दै आएकालाई विभिन्न वाहानामा भूमिहीन बनाएको बताउनु भयो । देशभर छरिएर बसेका किसान, मोही, सुकुम्बासी, कृषि श्रमिक लगायतका भूमि अधिकारबाट बञ्चित गरिब किसानहरु संगठित हुनु पर्ने बताउदै एमाले सरकारमा हुदा नियम कानुन बनाएपनि अहिलेको सरकारले ति समस्यामा ध्यान नदिएको बताउनु भयो ।संगठनका सम्पुर्ण भुमि समस्या सम्बन्धी समस्या समाधानका लागि उच्चस्तरिय आयोग गठन गरी तिव्र रुपमा काम गर्न लागिरहेको बेलामा नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले एमालेको सरकार ढलाएर जनघाती कार्य गरेको समेत बताउनु भयो ।
प्रथम अधिवेशनलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय सदस्य कमल गौतमले भुमिहिन तथा सुकुमवासीहरुको समस्या समाधानमा वर्तमान सरकारले कुनै चासो नदेखाएको टिप्पणी गर्नुभयो भुमिहिन दलित, भुमिहिन सुकुमवासी अधिकारबाट बञ्चित गरिब किसानहरुको सुरक्षित जीविका र भूमि सम्बन्धी कानुनको निर्माण र प्रभावकारी कार्यान्वयनका क्षेत्रमा संगठित तवर राज्यले लालपुर्जा दिनु पर्ने बताउनु भयो ।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष डम्मर शर्मामाले भूमिको दिगो उपयोगमार्फत सबै किसानको आत्मनिर्भरता गराउदै सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउनु पर्ने बताउनु भयो।भूमिको दिगो उपयोगमार्फत सबै किसानको आत्मनिर्भरता गराउदै सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउन पहल गर्नु पर्ने भूमि अधिकार मञ्च सचिवालय सदस्य लिला विक,केद्रिय महासचिव इन्द्र तामाङले जोड दिनु भयो ।भूमिहीनहरूलाई तत्काल कानूनी रूपमा व्यवस्थित गर्न भुमिहिन सहभागिको माग रहेको थियो ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६