कृषि

सत्तारुढ सम्बद्ध विद्यार्थी संगठनको अबरोधले रोकिएको स्वबियू चुनाव १४ जेठमा




बुटवल ४ जेठ । सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनको अबरोधका बीच रोकिएको लुम्बिनी वाणिज्य क्याम्पसमा यही जेष्ठ १४ गते स्ववियु निर्वाचन हुने भएको छ । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस लुम्बिनी वाणिज्यमा गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपनि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन ।
चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुनस् सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विगतमा नेपाल विद्यार्थी संघको वर्चश्व रहेको यो क्याम्पसमा पछिल्ला स्ववियु निर्वाचनहरुमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको थियो ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६