अर्थ-वाणिज्य

कपिलवस्तुका ८ हजार पिडीत किसानको धर्ना मण्डलामा : मेयर थापा सहितका जनप्रतिनिधीको ऐक्यबद्धता




कपिलवस्तु ४ जेठ । कपिलवस्तुका उखु किसानहरू यति बेला काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।आव २०७१र०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए।किसानहरूले मिल सञ्चालक आफ्नो उखुको मूल्य माग गर्दा नदिने भएपछि आफूहरू काठमाडौं आएको किसानहरूले बताएका छन्।

कपिलवस्तुबाट ३ दिनअघि काठमाडौं आएको उखु किसान माइतीघर सडकमै बस्दै आएका छन्।कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकार दिने भन्ने र सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको किसान बताउँछन।उखु बेचेको ८ वर्ष पूरा भए पनि किसानले पैसा नपाएको गुनासो गरेका छन्। किसानलाई साथ दिन कपिलवस्तु क्षेत्र नम्बर ४ बाट सांसद मंगलप्रसाद गुप्ता, शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र शिवराज ३ का वडाध्यक्ष टेकलाल सापकोटा समेत उखु किसानसँगै माइतघरमा एकवद्धता व्यक्त गर्न आएका छन्।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६