अर्थ-वाणिज्य

स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण हुनुपर्छ : बिश्वकर्मा




सीता बेल्बासे
कपिलवस्तु ४ जेठ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिती अध्यक्ष बाबुराम विश्वकर्माले स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण हुनुपर्ने वताउनु भएको छ । उहाले संस्थाले अंगिकार गरेको अवधारणा र भिजन अनुसार आगामी दिनमा अझै विपन्न समुदायको हितमा काम गर्ने स्पष्ट पार्नु भयो । लघुबित्तले आयोजना गरेको साक्षरता तथा केन्द्र प्रमुखसंगको गोष्ठीमा बिश्वकर्माले यस्तो वताउनु भएको हो ।
कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सनचालक समितीका अध्यक्ष विश्वकर्माले महिला उद्यमीको लागि संस्था बाट लगेको पैसा आय आर्जनमा लगाउनु पर्ने बताउदै जिविको पार्जनमा आत्मनिर्भर हुनु जरुरी रहेको बताउनु भयो । वर्मेली बैङ्गिक संस्था प्रमुख कमल बस्नेतले वित्तिय संस्थकाको लगानी मुनाफा गराउन सके आयआर्जन बढ्ने बताउनु भयो ।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था केन्द्रिय विभागि प्रमुख इन्द्र बराली, कर्जा विभागिय प्रमुख भरत कुमार रसाइलीले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको काम कर्तव्य अधिकारको बारेमा बताउदै विपन्न ग्रामिण क्षेत्रका बञ्चितीकरणमा परेका समुदायलाई लघुवित्त संस्था मार्फत आर्थिक, समाजिक रुपन्तरण गर्न संस्थाले सहयोग पु¥याएको र संस्थाको पूँजीबजारमा पनि राम्रो शाख रहेको बताउनु भयो ।
सगभागि महिलाले बिभिन्न कामको लागि सहज भएको बताएका थिए । उक्त शाखा विगत ६ वर्ष देखि वाणगगां ८ बनगाईमा शाखा विस्तार गरी एक सय एघार समुह विस्तार गदै काम गरेको संस्थाको प्रमुख सीमा न्यौपानेले वताउनु भयो । साथै उत्कृष्ट तिन समुह त्रिशक्क्ति बैङ्गिक, मायलु र बग्नहवा बैङ्गिक, समुदायलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । शान्ति महिला बैङ्गिक संस्थाको प्रमुख लक्ष्मि आचार्यको अध्यक्षता संस्था अनुगमन अधिकृत मदन घिमिरेको सन्चालनमा सम्पनन् भएको कार्यक्रममा विभिन्न शाखा बाट ५५ जनाको सहभागिको सहभागिता रहेको थियो ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६