खोज–अनुसन्धान

शमसेरमिया र रिजाललाई २ दिनको म्याद : लुम्विनीका केहि भिआइपी तानिन सक्ने दावि




कपिलवस्तु ५ जेठ ।काठमाडौ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका दुई जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।अदालतले उनीहरूलाई बिहिवार र सुक्रवार मात्रै राख्न अनुमती दिएको छ। भने बिहिवार पक्राउ परेका मिया र रिजाल सहित यस अधि पक्राउ परेको सबैलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्नेछ। अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना प्रहरी नियन्त्रणमा छन्।
चैत १२ गतेदेखि यस प्रकरणको अनुसन्धान सुरू भएको थियो।संगठित अपराध कसुरमा ६० दिन प्राप्त हुने भएकाले प्रहरी र सरकारी वकिलसँग मुद्दा दर्ता गर्न केही दिनमात्रै समय बाँकी छ। अन्य पक्राउ परेका सबैको बयान पनि भइसकेको छ। मियाँ र रिजालको बाँकी भएको पनि न्यौपानेले बताए। उनीहरूको बयान भोलि लिइने उनले बताए। केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।मियाको पक्राउसंगै लुम्विनीका केहि भिआइपी समेत तानिन सक्ने श्रोतको दावि छ ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६