खोज–अनुसन्धान

लागू औषधसहित दुई जना व्यक्ति पक्राउ




बुटवल ५ जेठ । बुटवलमा लागूऔषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप(महानगरपालिका–११ का ४० वर्षका नारायणप्रसाद सिंजापती र १९ की ४१ वर्षीया माया गुरुङ हुन् ।वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका नयाँबसपार्कबाट बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरुबाट १२ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र स्पास्मोइक लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ । उनीहरूलाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६