अर्थ-वाणिज्य

किशोरीको एक प्रश्नले बाणगंगाकी उपमेयर रिताथारुलाई पसिना कढायो




कपिलवस्तु ५,बैशाख ।किशोरीको एक प्रश्नले बाणगंगाकी उपमेयर रिताथारुलाई पसिना कढाएकोछ । तपाई नगर सरकारको उपप्रमुख भन्नुहोस हामी गुणस्तरीय शिक्षाकालागि राजधानी जान नपर्न र रोजगारीकालागि विदेश जाननपर्ने दिन कहिले कसरी आउछ ? यो काम तपाई गर्न सक्नु हुन्छ ? यो प्रश्नको सटिक उत्तर दिन नसकेकी उपमेयर थारुले वाणगगां नगरले विगतका दिनमा पनि किसोर किसोरी बालबालिका र महिलाको लागि सिप मुलक कार्यक्रम ,आत्मनिर्भर बनाउने काम र क्षमता अभिवृद्धि जस्ता बिषयमा धेरै काम गदै आएको बताउनु भयो ।
किसोर किसोरी तथा युवा मैत्रि कार्यक्रम संचालनका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रियामा उक्त प्रश्न सहभागि एक किशोरीले उठाउनु भएको हो । नगरका किसोर किसोरीले उढाएका प्रश्नमा माध्यमिक तहको निशुल्क शिक्षा,नगर प्रहरी किन,युवाको लागि स्वदेशमा रोजगार कसरी दिन सक्ने भन्ने प्रश्नको जवाफमा किशोर किशोरीका समस्या सहजिकरणका लागि कार्यक्रम भएकाले यसलाई उपलब्धि मुलक बनाउन सबैले सहजिकरण गर्नु पर्ने थारुले बताउनु भयो । सीप, श्रम, उत्पादन शिक्षामा जोडिने भएकाले यसमा नगरले आगिमि दिनमा अझ लाग्ने बताउनु भयो ।सरकारका कार्यक्रममा गैरसरकारी संस्थाको सहयोग जहिले पनि हुने भएकाले आगामि दिनमा संस्थाले मात्र नभइ नगरले समेत विस्तार गर्दै लैजानुपर्ने नगर शिक्षा खेलकुदशाखा प्रमुख खिमबहादुर जि सीले जोड दिनु भयो ।
यस्तै कार्यपालिका सदस्य पिताम्बर विश्वकर्मा वाड न.का वडा अध्यक्ष सन्जु कुमार सारु मगरले नगर स्तरिय किशोर किशोरी तथा युवाका सुझाव सहित आगिमि दिनमा विभिन्न योजनाका साथ काम गर्ने बताउनु भयो । नगर स्तरिय किशोर किशोरी तथा युवा अर्चना आचार्य, सीता पाण्डे,अप्सरा थारु,सुदिप चौधरी दुग्ेस चौधरी लगायतले आगमी वर्ष २०८०।८१को बजेटमा किशोर किशोरी तथा युवाको सवालमा बजेट ल्याएर काम गर्नु पर्ने सुझाव दिएका थिए ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६