अर्थ-वाणिज्य

माइतीघरमा धर्नाबसेका कपिलवस्तुका किसान भन्छन्- सरकारले ५ दिन सम्म चासो नै दिएन




कपिलवस्तु ६ जेठ ।कपिलवस्तुका ८ हजार पिडीत किसान ५ दिन देखि काठमान्डौँ मण्डलामा धर्ना बसेका छन् । कपिलवस्तुका उखु किसानको पाचौँ दिन सम्म पनि सरकारले कुनै माग सम्बोधन नगरेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनु भएको छ ।यति बेला काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेको भएपनि बिभिन्न बाहाना देखाउदै किसानका माग सम्बोधन नभएको बताउनु भयो । सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्तानी आफूहरूले नपाएको भन्दै धर्नामा उत्रिएको बताउनु भयो ।

आव २०७१/०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको अध्यक्ष चौधरीले बताउनु भयो ।माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जिल्ला, प्रदेश,र केन्द्र हुदै अहिले सम्म ४० औँ पटक आन्दोलन तथा अनसन बस्दै आएपनि कुनै माग पुरा नभएकाले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उहाले बताउनुभयो ।कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकारले दिने भन्ने यता सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको उहाँले गुनासो गर्नुभयो ।
किसानलाई साथ दिन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट सांसद मंगलप्रसाद गुप्ता, संघीय सांसद ज्ञानेन्द्र साही , बलराम अधिकारी , सिराज अहमद फारुकी ,राप्रपा नेता प्रकाश् रजौरिया नेपाल समाजबादी पार्टी का नेता हिसिला यामी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, वडा ३का वडा अध्यक्ष टेकलाल सापकोटा लगायतले आन्दोलनको समर्थन गर्दै समस्या समाधान गर्न सरकार समक्ष जोडदार माग गर्ने बताएका छन् ।तस्विर ः

प्रकाशित : ६ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६