खोज–अनुसन्धान

कपिलवस्तुमा मृगौला डायलासिस सेन्टर छिटटै संचालनमा आउछ : पूर्वमन्त्री पन्थी




कपिलवस्तु ७ जेठ ।कपिलवस्तुमा मृगौला डायलासिस सेन्टर छिटटै संचालनमा आउने भएकोछ । जेसिस भवन बैरीयामा प्रदेश सांसद एवम पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थी , गौतम बुद्ध मुटु अस्पतालका कमल भण्डारी ,स्वास्थ मन्त्रालयका सचिब जनार्दन पन्थी लगायतको टोलीले सेवा संचालनको अन्तिम तयारीको निरिक्षण गरेको हो ।

यो संगै मृगौला पिडित र उनीहरुका आफन्त खुशी हुने क्षण कपिलवस्तुमा डायलासिस सेन्टर शुरु भएपछि हुने भएको छ ।गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्वारा संचालन हुन गइरहेको कपिलवस्तु डायलासिस सेन्टर जेशिस भवन बाणगंगा १ बैरियावाट छिटटै संचालनमा आउने भएको छ । त्यहा विद्युत जडानको काम पुरा भएको छ ।

बैरिया क्षेत्रमा बिजुली भोल्टेजको समस्या रहेकोले थप २५ केभिए चाहिने हुँदा नयाँ २०० केभिएको ट्रान्सर्फमर लगाउन गरिएको पहल सार्थक भएको प्रदेश सांसद विष्णु पन्थीले वताउनु भयो । उहाले यो क्षण कपिलवस्तु र अर्घाखाँचीवासी दुबैकालागि सुखद हुने वताउनु भयो । छिटो सेवा संचालन गर्न चाहादा चाहादै पनि ढिलो भएकोमा सांसदका हिसावले जनतासंग क्षमा याचना गर्दै आफ्नो एक महत्वपूर्ण वाचा पुरा हुन लागेको सांसद पन्थीले जानकारी दिनु भयो।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६