खोज–अनुसन्धान

शुद्ध खानेपानीको पहुच घरघरमा पुराउन नगरले माग्यो खाका



कपिलवस्तु ८ जेठ । वाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०,८१ को निति, कार्यक्रम तथा बजेटमा सम्बोधन गर्न नगरले खाने पानी तथा सरसफाई उपभोतmा महासंघ संग छलफल तथा अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले दिगो विकासको लक्ष्यमा शुद्ध खानेपानी परेको बताउदै सबै नागरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगर लागि परेको बताउनु भयो ।
उहाँले वडा वडालाई सुरक्षित खानेपानी वडा घोषणा गर्दै सिङ्गो नगरलाइ नै सुरक्षित खानेपानी नगर घोषणा गर्नुपर्ने बताउनु भयो ।प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले दिगो बिकासको लक्ष्य अनुसार सरकारको नितिमा आधारित भएर सन २०३० सम्म एक घर एक धाराको कार्यक्रमलाइ पुरा गर्ने लक्ष्य रहेको बताउनु भयो । यता अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ बाणगङ्गाका अध्यक्ष विश्व कार्कीले बाणगङ्गा नगरपालिकालाइ खानेपानी सम्बन्धि विभिन्न सुझावहरु लिखित रुपमा प्रस्तुत गर्दै नगरलाई पेस भएको छ ।
उहाँले बाटो निर्माणमा ढल व्यवस्थापन, अपाङ्ग अशक्त र असहायलाई निशुल्क धारा जडान तथा महशुल छुटको व्यवस्था, अघोषित लोड सेडिङ्ग अन्त्य, नगरमा कुकुर र पशुचौपायाको व्यवस्थापन गर्नुपर्ने, नदि किनारमा रहेका क्रेशर उद्योगहरुलाइ बन्द गर्नुपर्ने लगायत २० बुदे सुझाव प्रस्तुत गर्नुभएको थियो ।पुर्व वडा अध्यक्ष धुव बेल्बासे, खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ कपिलवस्तुका अध्यक्ष राजेन्द्र बिक्रम साहले नगर भित्र रहेका सम्पुर्ण खानेपानीमा के कस्ता समस्या छन् भनेर अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो।
त्यस्तै मोतिपुर खानेपानीका अध्यक्ष चेत नारायण भण्डारीले बिकास निर्माणका कार्यमा खानेपानीका पाइपलाइनलाई विशेष संरक्षण गर्न आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै उहाँले खानेपानीका कार्यक्रमलाइ नगरले पैरवी गरिदिन पनि आग्रह गर्नुभएको थियो ।नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षता, सुचना अधिकृत केशव भटराईको सञ्चालनमा भएको कार्यक्रममा नगरका खानेपानी समितिका उपभमेक्ता तथा समितिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६