खोज–अनुसन्धान

स्थानीय तहको आन्तरीक श्रोतवाट ३ जना डाक्टर थप गर्ने निर्णय

थप ३ डाक्टरका लागि आबेदन आवहान




कपिलबस्तु ८ जेठ ।कपिलबस्तुको बाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एकै साथ ठुलो लगानी बढाउने निर्णय गरेको छ । नगर मातहतमा रहेको पिपरा अस्पतालमा हाल एक जना मात्र डाक्टरको सेवा उपलबस्ध रहेकोमा विषेशज्ञ डाक्टरको सेवा सहित अरु ३ वटा डाक्टरको दरबन्दी थप गर्ने निर्णय गरेको छ । नगरका मेयर चक्रपाणी अर्यालको अध्यक्षतामा रहेको पिपरा अस्पताल व्यवस्थापन समितीको बैठकले ३ जना डाक्टरको दरबन्दी थप गर्दै पदपुर्तीका निम्ती प्रकृया अगाडी बढाउने निर्णय गरेको हो ।
बाणगंगामा नगर मातहतको पिपरा अस्पताल समुदायले संचालन गरेको कपिलबस्तु सामुदायिक अस्पताल र निजी क्षेत्रबाट संचालित युनाईटेड हस्पिटल गरी ३ वटा अस्पताल रहेका छन् । ती मध्ये पनि स्वास्थ्य विमा कार्यक्रम संचालन भएको राज्यकै तर्फबाट संचालित पिपरा अस्पताल बाणगंगाका लागि महत्वपुर्ण मानिन्छ । यो अस्पतालको सुविधा बृद्धि गर्दै स्तरउन्नती गर्ने र नगरपालिकाकै लगानीमा ४ जना डाक्टर सहित जनतालाई स्वास्थ्य सेवा पुर्याउने गरि बाणगंगा नगरले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी बढाएको हो ।
कोभिड संक्रमणको महामारीका बेला नगरको हस्पिटलका नाताले सिद्धार्थ क्याम्पस बुंचीमा कोभिड वार्ड खोलेर पिपरा अस्पतालले प्रत्यक्ष सेवा पुर्याएको थियो । यस अस्पताललाई समय सापेक्ष स्तर उन्नती गर्ने र चिकित्सकको भरपर्दो सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएर चुनाव लडेकाले सोही प्रतिबद्धता पुरा गर्दै पिपरा अस्पतालका निम्ती नगरको लगानी बढाएको मेयर अर्यालले स्पष्ट पार्नुभयो ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६