कृषि

एउटै पालिकामा दस हजारभन्दा बढी भूमिहीन सुकुम्वासी




वाँके ८ जेठ ।बाँकेको एउटै गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ। जिल्लाको बैजनाथ गाउँपालिकामा मात्र १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको छ। गाउँपालिकाले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको सही सङ्ख्या पत्ता लगाउन गरेको लगत सङ्कलनबाट सो सङ्ख्या पत्ता लागेको हो।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले भूमि आयोग बाँकेको समन्वयमा पालिकाभरिको लगत सङ्कलन गर्दा १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको बताउनुभयो। उहाँले विभिन्न चरणमा गाउँपालिकाका आठ वटै वडामा लगत सङ्कलन गरिएको जनाउँदै सो कार्यका लागि भूमि आयोग, गाउँपालिकाका प्राविधिक तथा नापीका कर्मचारीलाई परिचालन गरिएको बताउनुभयो।
गाउँपालिकाका अनुसार सङ्कलन गरिएको लगतमा देखिएका १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीमध्ये भूमिहीन सुकुम्वासी एक हजार ६३९, भूमिहीन दलित ९३५ जना र अन्य अव्यवस्थित बसोबासी सात हजार ७६५ जना छन्।बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सो लगतमा अझै पनि कोही छुटेका छन् भने उनीहरूलाई फेरि पनि समावेश गराउने योजना गाउँपालिकाको रहेको बताउनुभयो। उहाँले लालपुर्जा वितरणका लागि स्थानीय सरकारका तर्फबाट नापी र मालपोतका काम अगाडि बढाइएको पनि बताउनुभयो। अध्यक्ष शाहीले भन्नुभयो, उहाँले यो समस्या सधैँका लागि समाधान गर्ने सोचका साथ भूमि आयोगसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६