खोज–अनुसन्धान

पत्रकारको सदस्यता शुद्धीकरण सिफारिस गर्न कार्यदल




दाङ ११ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नियमित बैठक बिहीबार सम्पन्न भएको छ । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकारिता शुद्धीकरण तथा नयाँ सदस्यता वितरण मापदण्ड–२०७९’ अनुसार दाङ शाखामा शुद्धीकरण र नयाँ सदस्यता वितरणको सिफारिस गर्नका लागी उपाध्यक्ष सन्तोष सुवेदी संयोजकमा सह–सचिव दशरथ घिमीरे र सदस्य उदय विसी सदस्य रहेको समिति गठन गरेको छ । समितिले यही जेठ २० गतेभित्र काम सम्पन्न गरि कार्यसमितिमा प्रतिवेदन पेश गर्ने गरि जिम्मेवारी दिएको छ ।
त्यसैगरी हाल पत्रकारितामा क्रियाशील नरहेका सदस्यहरुलाई जेठ १७ गतेभित्र स्वच्छिक रुपमा सदस्यता त्यागेको निवेदन दिन आह्वान गर्ने, सदस्यता नविकरणको हकमा पनि यही जेठ १७ गतेभित्र नै हाल पत्रकारितामा क्रियाशील रहेको प्रमाण र फोटोसहित नविकरण फाराम भरेर नविकरण गर्न सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरेको सचिव आरके शितलले जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रिय समिति र नेपाल पत्रकार महासंघ प्रदेश समितिसँगको समन्वयमा मिडिया साक्षरता अभियानको यही जेठ मसान्त भित्र सुरुवात गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६