अर्थ-वाणिज्य

भूमिहिनलाई जग्गा दिन १५ दिने सूचना निकाल्न आयोगलाई नगरको सिफारिस




कपिलवस्तु १२ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार नगरका वडालाई दिने बजेटको सिलिङ तय गर्ने , नगरका विभिन्न वडामा रहेका भूमिहिन अब्यवस्थित बसोबासीको जग्गा नापजाच गर्न कार्य प्रारम्भ गर्नका लागि भूमिआयोग मार्फत १५ दिनको सूचना निकाल्न आग्रह गर्ने , चालु आवमा भएका भौतिक कामको विवरण समिक्षा गर्दै ९० प्रतिशत प्रगती हुने निष्कर्ष निकाल्ने ,महिला स्वयम सेविकको हित प्रबद्र्धन गर्न कार्यविधी स्बीकृत गर्ने निर्णय गरेको मेयर चक्रपाणी अर्यालले वताए ।

बैठकले भूगोल, जनसङ्ख्या, राजश्वमा पु¥याएको योगदान तथा भौगलिक विकटता गरि चार सूचकका आधारमा वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ ।नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

कार्यपालिका बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।जस अनुसार ४७५ उपभोक्ता समितिबाट सम्पन्न हुने र ५१ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न हुने गरि यस आर्थिक वर्षमा नगर भरि जम्मा ५ सय २६ योजना रहेका थिए ।जस मध्ये उपभोक्तबाट सम्पन्न हुने योजना मध्ये २९३ योजना भुक्तानी भैसकेका छन, भने ठेक्का पट्टाबाट हुने योजना मध्ये १७ वटा योजना भुक्तानी भैसकेको र बाँकी भुक्तानी हुने प्रक्रियामा रहेको नगर प्रमुख चक्रपाणी अर्यालले बताएका छन् । यस आर्थिक वर्षमा ९० प्रतिशत भन्दा धेरै योजना सम्पन्न हुने मेयर अर्यालले बताएका छन् ।त्यस्तै कार्यपालिका बैठकले महिला स्वयमसेविका हित कोष सञ्चालन कार्यविधि पारित गरेको छ ।

कार्यविधि पारित भएपछि नगरमा रहेका महिला स्वयमसेविकाको पक्षमा थप प्रभावकारी कार्यक्रम हुने विश्वास लिइएको छ । त्यस्तै भूमि आयोग अन्तर्गत अव्यवस्थित बसोवासीको नापजाँचको प्रक्रिायलाई अघि बढाउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।नगर प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यपालिका बैठकमा उप प्रमुख रिता कुमारी चौधरी लगायतले आ आफ्नो धारण राखेका थिए ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६