अर्थ-वाणिज्य

तीन पालिकालाई बालश्रम मुक्त बनाउने अभियान

५ देखी १७ वर्ष उमेरका ११ लाख बाल श्रमिक




जानु पाण्डे
कपिलवस्तु १२ जेठ ।कपिलवस्तुका तिन पालिकाले बाल श्रम मुक्त बनाउने अभियान चलाउने भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने योजना बनाउने भएका छन् । नीति निर्माण, कार्ययोजना निर्माण, तथ्याङ्क सङ्कलन र योजना परिचालनका क्षेत्रमा काम गर्ने बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।मेयर श्रेष्ठले भन्नु भयो,‘ बुद्धभूमिले नगरको पहिलो कार्यपालिका बैठकबाट बाल मैत्री अभ्यासमा जाने निर्णय गरेको थियो ।

जस अनुसार बाल विवाह मुक्त, बाल सहभागिता, बालश्रम न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएका थियौ । आउने वर्षमा पालिकाका केही वडा लाई बालश्रम मुक्त घोषणा गरी कामको थालनी गर्ने छौ ।सन २०२१ मा प्रकाशन गरिएको नेपाल बालश्रम रिपोर्ट अनुसार १५.३% बालश्रमको तथ्याङ्क रहेको छ । ५ देखी १७ वर्ष उमेर समूहका ११ लाख बाल श्रमिक रहेका छन् । सबै भन्दा धेरै बाल श्रमिक कर्णाली प्रदेशमा रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । निकृष्ट प्रकृतिको बालश्रम हुनेमा लुम्बिनी प्रदेश रहेको छ । सो तथ्याङ्क अन्तर्राष्ट्रिय श्रमिक अर्गनाइजेशनले सन २०१७/२०१८ मा सर्वेक्षण गरिएको थियो ।
देशभरिका ३० पालिकालाई बालश्रम मुक्त घोषणा गराउन स्वतन्त्र अभियान नेपालले अभियान सञ्चालन गरेको संस्थाका सिनियर कार्यक्रम अधिकृत प्रतीक्षा केसीले बताउनु भयो । जस अनुसार कपिलवस्तुका ३ पालिकामा पहिलो चरणमा कार्यपालिकालाई अभिमुखीकरण गर्ने काम सम्पन्न गरिएको छ । कपिलवस्तुमा पछिल्लो ३ वर्ष देखी इँटा उद्योगमा हुने बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन भएको दलित मानव अधिकार निगरानी समितिका अभियन्ता मिना विश्वकर्माले बताउनु भयो । कार्यक्रम सञ्चालन पछि बाल श्रमिकको सङ्ख्या न्यून हुँदै गएको थियो ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६