खोज–अनुसन्धान

विप्लव सीको शिवगढी जमघट : ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाउने निष्कर्ष




कपिलवस्तु १२ जेठ । महासचिव विप्लवसीद्वारा प्रस्तुत दस्तावेजमाथि समुहगत छलफल भएको छ । कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि समुहगत छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भए पछि बसेको यो बैठकलाई एकताको बैठकको रूपमा लिइएको छ ।
िअन्तरास्ट्रिय गित गाउदै शुरु भएको बैठकमा गत बैशाखमा एकता गरिएका माओवादी समाजवादी र श्रमिक जनता पार्टीसहितको एकता प्रक्रियालाई सबै केन्द्रिय सदस्यहरुले जोडदार तालि बजाएर खुशीयाली मनाएका थिए ।राजनीति , संगठन, आर्थिक , सास्कृतिक, सुचना सञ्चार र विविध गरि १० ओटा एजेन्डा प्रस्तुत गरिएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्तावमाथी समुहगत रूपमा छलफल गर्न १० वटाक ग्रुपमा बिभाजन गरिएको छ भने प्रस्तावमा देशको समसामयिक परिस्थिति , आर्थिक– राजनीतिक संकट , नेकपाको ऐतिहासिक कार्यभार र पहलकदमी, आजको अन्तरास्ट्रिय अन्तरबिरोधको स्थिति ,नेपालमा कम्युनिस्ट , माओवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको ध्रुवीकरणको अपरिहार्यताका बिषयमा पार्टी दृस्टीकोण प्रस्तुत गरिएको बताइएको छ भने बैठक आगामी १३ गतेसम्म जारी रहने छ

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६