देश

सरकारलाई चौतर्फी घेराबन्दी भयोः सञ्चारमन्त्री शर्मा



काठमाडौं, १३ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् ।
प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार घेराबन्दीमा परेको बताएकी हुन् ।
‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ,’ उनले थपिन् ।

विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।

सरकारको प्रवक्ता समेत रहेकी भएका शर्माले संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् । गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : १३ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६