प्रदेश

बिरामीको चापः नेपालगञ्जका अस्पतालमा रगतको अभाव



नेपालगञ्ज, १३ जेठ । बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समयमा रगतको अभाव भएको बताए । “पछिल्लो समयमा नेपालगञ्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ ।”

रेग्मीले भने, “केन्द्रमा रतगको मात्रा अभाव हुन नदिनलाई सामाजिक सङ्घसंस्था वा सङ्गठनले गर्ने रक्तदान कार्यक्रमको भर पर्नु परेको छ ।” नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीको भनाइ छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत आवश्यक भएका बिरामीलाई उपलब्ध गराएर जीवनदान गर्न उनले सामाजिक सङ्घसंस्था वा सङ्गठनलाई रक्तदान कार्यक्रम गर्न आग्रहसमेत गरे ।

प्रकाशित : १३ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६