अर्थ-वाणिज्य

हावाहुरीको कारण बिद्युत प्राधिकरणको २० लाख क्षति




कपिलवस्तु १३ जेठ ।हावाहुरीले नेपाल बिद्युत प्राधिकरणका २० लाख बढीको बिद्यतुीय संरचना र सामाग्रीमा क्षति पुगेको छ । जेठ १० गते आएको प्राधिकरणको तौलिहवा र कृष्णनग बितरण केन्द्र अन्र्गतका क्षेत्रमा रहेको बिद्यतुको पोल सहीत अन्य सामाग्रहिरुमा क्षति पुगेको हो । तौलिहवा बितरण केन्द्र अन्र्गत एटा बिद्युत खम्बा, ४ वटा कम्पोजीट, ११ र ३३ केबीए लाईनमा क्षति पुगेको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए । हावाहुरी पछि रातभर लाईन समेत गएको थियो । क्षति पुगको सबै ठाउमा मर्मत भई सकेको र सबै ठाउमा बिद्यतु आपुर्ति भई सकेको झाले बताए ।
तौलिहवा बितरण केन्द्रमा सबै गरी ५ लाखको क्षति भएको थियो । उता हावाहुरीले चन्द्रौटा सव स्टेशन कृष्णनगर औधोगिक फिडर सिटी पडकेर आगलागी समेत भएर क्षति पुगको प्राधिकरण कृष्णनगरका प्रमुख सुशील पौडेलले बताए । त्यसबाट ५ लाख बढीको क्षति भएको थियो । हावाहुरीले कृष्णगनगर क्षेत्रमा बिद्यतुको तार भएको ३० वढी स्थानमा रुख खसेर क्षति पुर्याएको थियो । बिजयनगर गाउपवालिकामा समेत क्षति भएको २४ घन्टा समेत बिद्युत अवरुद्ध बनेको थियो। हावाहुरीले १४ वटा पोल ढलेको थियो । कृष्णनगर क्षेत्रमा सबै ठउमा गरी हावाहुरीले कृष्णगनर क्षेत्रमा झन्डै १५ लाखको क्षति भएको प्रमुख पौडेलले बताए । २४ घन्टा पछि बिग्रिएको सबै ठाउमा मर्मत गरी बिद्यूत आुपर्ति भई सकेको उनले बताए ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६