खोज–अनुसन्धान

गौतमबुद्ध विमानस्थलमा उडान नहुँदा विकासमा बाधा




भैरहवा १३ जेठ । उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् ।चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण अघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ छ ।चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय हुन नसक्दा नागरिक निराश भएको बताए । उनले मन्त्रीद्वय पाण्डेय र गुप्तालाई विमानस्थल नियमित सञ्चालनका लागि प्रदेश सरकारमार्फत पहल गरिदिन आग्रह गरे ।

अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताए । उनले बेलहिया–बुटवल ६ लेन सडक हालसम्म पनि निर्माणसम्पन्न नभएकाले यसलाई पूर्णता दिनका लागि आवश्यक पहल गरिदिन मन्त्रीहरुसँग आग्रह गरे । उनले पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्ने र यसतर्फ प्रदेश सरकारले चासो दिनुपर्ने बताए । यस क्षेत्रको विकासका लागि रात्रीकालीन बजार सञ्चालन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६