खोज–अनुसन्धान

कपिलवस्तुमा मिटरब्याज विरुद्ध सयबढि उजुरी



भुपाल थापा
कपिलवस्तु १५ जेठ ।कपिलवस्तुमा एकसय बढि मिटरब्याजी बिरुद्ध उजुरी परेका छन् । तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज विरुद्ध सय बढि उजुरी परेका हुन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय २० जनाले उजुरी दिएका हुन् ।प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ १४ गते सम्ममा एक सय २० मिटरब्याजी पीडितले उजुरी दिएका छन् ।प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भब भएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकोमा समयसीमा भित्र उनीहरुको उजुरी दर्ता भएको प्रजिअ आचार्यले जानकारी दिए ।

‘मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्’, उनले भने । उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको थियो ।प्राप्त निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ । उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुको मुद्दा दर्ता शाखाका नासु जनकराज जोशीले बताए ।यसैबीच, अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष विशेष अदालतका पूर्व न्यायाधीश गौरी बहादुर कार्की र सदस्यद्वयमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेश बहादुर अर्यालको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना भई जिल्लामा मिटरब्याज पीडितका अवस्थाको बारेमा सुझाव समेत लिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले आयोग गठनअघि २० र गठनपछि सयवटा उजुरी दर्ता भएको बताए । उनले उजुरीको प्रमाणका आधारमा अध्ययन भई कारवाहीको प्रक्रियामा लैजाने समेत बताए ।मिटर ब्याजबाट पीडित भएकाहरूलाई उजुरी दिन सहजताका लागि प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष समेत स्थापना गरिएको थियो ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६