खोज–अनुसन्धान

गौतम बुद्धको अध्यक्षमा खाँ भर्सेस खाँ तयारी




कपिलवस्तु १४ जेठ ।कपिलवस्तुको गौतमबुद्ध साझेदारी बनको उपभोक्ता समुहको अध्यक्ष पदमा जहिरुल खाँ र प्रबेज खाँ भिड्ने भएकाछन् । जयसअनुसार डाक्टर जहिरुल खाँले उम्मेद्वारी दिनुहुने भएको छ । बनको पुर्व अध्यक्ष समेत रहेका खाँ नमुना साझेदारी वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने उम्मेदवारी दिने बताउनु भयो ।साझेदारी हितमा काम गर्ने डाक्टर जहिरुल खाँले सबैको अपनत्व ह्ुने खालको वन निर्माण गर्ने उदेश्यले उम्मेदवारी घोषणा गरेको बताउनु जानकारी दिनुभयो ।
वनलाई वन संरक्षण, उपयोग र व्यबस्थापनका लागि आफु सदैव लागिपर्ने बताउनुभयो । वनहरूले देशको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको बताउँदै बनलाई व्यवस्थित बनाउँदै यस साझेदारी बनको संरक्षणमा अहोरात्र खटेर खाँले बताउनुभयो  ।बन फँडानी बढ्दै जाँदा प्राकृतिक सम्पदा र जलवायु परिवर्तनसँग सामना गर्ने क्षमतामा निर्भर पारिस्थितिक प्रणालीलाई खतराबाट जोगाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।बन–जङ्गल मानव जीवनसँग जोडिएकोले यसको संरक्षण गर्न सबै नागरिक दायित्व भएको बताउँदै गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिको सदस्यमा चुनिएका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष पदमा अत्याधिक मतले विजयी बनाउन डाक्टर जहिरुल खाँले अनुरोध गर्नुभयो ।

गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिको अध्यक्ष पदमा प्रबेज आलम खाँले उम्मेदवारी घोषणा गरेका छन् । कपिलवस्तुको गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिको अध्यक्ष पदमा खाँले आफ्नो उम्मेदवारीको घोषणा गरेको बताएका हुन् ।विजयनगर गाउँपालिकाको वडा नम्बर ६ फरेना निवासी उर्जावान युवा नेता, समाजसेवी प्रबेज आलम खाँले सोमबार गौतमबुद्ध साझेदारी बनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए । लामो समयदेखि समाज सेवा गर्दै आएका खाँले बन व्यवस्थापन, संरक्षण तथा प्रवद्र्धनका लागि अहम भूमिका रहने बताए ।

बनहरूले देशको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको बताउँदै बनलाई व्यवस्थित बनाउँदै यस साझेदारी बनको संरक्षणमा अहोरात्र खटेर लाग्ने उनले भनाइ छ । उनले बन फँडानी बढ्दै जाँदा प्राकृतिक सम्पदा र जलवायु परिवर्तनसँग सामना गर्ने क्षमतामा निर्भर पारिस्थितिक प्रणालीलाई खतराबाट जोगाउन आवश्याक रहेको जिकिर गरे ।बन–जङ्गल मानव जीवनसँग जोडिएकोले यसको संरक्षण गर्न सबै नागरिक दायित्व भएको बताउँदै गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिको सदस्यमा चुनिएका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष पदमा अत्याधिक मतले विजयी बनाउन खाँले अनुरोधसमेत गरे ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६