अर्थ-वाणिज्य

लुम्विनी प्रदेशसभा : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश




दिवाकर पोख्रेल
देउखुरी १४ जेठ । लुम्बिनीप्रदेशसभामाप्रदेश सकारको आगामीआर्थिक बर्ष २०८०/०८१ को विनियोजन विधेयक २०८० को सिद्धान्त प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गरिएको छ । आइतबा बसेको प्रदेशसभा बैठकमा सकारकातर्फबाट आर्थिक मामिलामन्त्रीमनबहादु मास्कीले आगामीआर्थिक वर्ष २०८०/०८१ को विनियोजनविधेयकको सिद्धान्त प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो ।उहाँले पेश गर्नुभएको उक्त प्रस्तावमाथिप्रदेशसभाको आगामी बैठकमा छलफल हुनेछ। प्रदेशसकारले संविधानले परिकल्पना गरे अनुसार समाजवादउन्मुख अर्थतन्त्रनिर्माणमा आगामी बजेट तर्जुमागरिने बताउनुभयो।

यस्तै मन्त्रीमास्कीले सार्वजनिक सेवाप्रवाहमाप्रदेश सरकारले गर्ने लगानीअभिवृद्धि गर्ने, प्रदेशमाआर्थिक असमानतान्यूनगर्ने, सामुदायिकवनलाई उपभोत्ताको आम्दानीश्रोतको रुपमाविकास गर्ने,पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमाविकास गरिने, पर्यटन क्षेत्रमा रोजगारीकाअवसर निर्माणमा बजेट केन्द्रितहुने, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमानिजी क्षेत्रसँगथप सहकार्य गर्ने, विपद् जोखिमन्यूनीकरण र उद्यमशीलताविकासमा बजेट विनियोजन गर्ने, भौतिकविकासमाविपद् व्यवस्थापनलाई आन्तरिकरणमा बजेट केन्द्रित रहनेबताउनुभयो । प्रस्ताव पेश गर्दै मन्त्रीमास्कीले लक्ष्यअनुसारको राजस्व संकलनहुननसकेको सीमीत बजेटबाट धेरै योजना पूरा गर्नपर्ने बाध्यता हेको क्षेत्र र प्रथामिकतानिर्धारण गर्न चुनौती रहेको स्विकार गर्नुभयो ।
विनियोजन विधेयक प्रस्तुतपूर्व सभामुखले दिएको विशेष समयमाबोल्दै प्रदेशसभा सदस्यले आफ्ना निर्वाचन क्षेत्रमा लामो समय सम्म पूरा हुननसकेका योजनाका वारेमा सभामुख मार्फत प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको थियो । प्रदेशसभा सदस्यदिनेश पन्थीले गुल्मीमा सामुदायिकविधुतीकरण मार्फत वितरण गर्दा काठको पोल राख्दाखतरा बढेको भन्दै अविलम्ब यसलाई परिवर्तन गर्न आग्रह गर्नुभयो । यस्तै रत्नवहादुर खत्रीले पश्चिम क्षेत्रमा निर्माणधिन सडक कामगर्दा गर्दै रोकिएकोले बर्षात्को समयमा नागरिकले दुःख पाउने भएकाले निर्माण अविलम्म पुरा गर्न आग्रहगर्नुभयो । अर्का प्रदेश सभासद सरुल गाँजा खेतीलाई बैधानिकतादिनआग्रहगर्दै यसबाट पहाडी मुलुकका जनताको जीवनउकास्न सहजहुने बताउनुभयो ।
प्रदेशसभा सदस्य नीमा गिरीले लुङ्गी माडी परियोजन शुरु भएको दशक वितेपनि निर्माण कार्य पूरा हुननसकेको चिन्ता व्यक्त गर्नुभयो । उक्त योजनामा हालसम्म १३ करोड १२ लाख रुपियाँखर्च भइसकेको स्मरण गराउँदै आगामी योजनामा राखेर पूरा गर्न सुझावदिनुभयो । योजनाव्यक्तिको गोजीबाट भन्दा प्रक्रियाबाट हुनुपर्ने भन्दा योजना बंैंक बनाएरक्रमश पूरा गर्दै जानुपर्ने सुझावथियो । ः

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६