खोज–अनुसन्धान

लाभको लोभले निम्ताएको नियति :भर्ना र जाँच सामुदायिकमा,पढाइ निजी बिद्यालयमा




कपिलवस्तु १४ जेठ।कपिलवस्तुमा छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने गरिएको छ । खासगरी सरकारी शिक्षकहरुले नै आफनो छोरालाईलाई छात्रबत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो । सामुदायिक बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीलाई सरकारले छात्रबृत्तिमा प्राथमिकता र थप नम्बर दिने भएकोले कपिलवस्तुमा यस्तो अबैध काम बिगत लामो समय देखि हुदै आएको छ ।तौलिहवा स्थित सिद्धार्थ बिद्या मन्दिर बोडिङ स्कुलका प्राचार्य गुनाखर गैरले खासगरी सरकारी शिक्षकहरुले नै आफना छोरा छोरीलाई छात्रबृत्ति पाउने आशमा सामुदायिक बिद्यालयमा भर्ना गरीे निजी स्कुलमा पढाईने गरिएको बताए । सरकारी बिद्यालयमा शिक्षक प्रअ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले अहिले पनि सामुदायिक बिद्यालयमा भर्ना गराएका आफना छोरा छोरीलाई बोडिङ स्कुल पढाउने गरेका छन ।
कक्षा ८ देखि त्यसरी सरकारी बिद्यालयमा भर्ना गराईन्छ । परिक्षा समेत सरकारी बिद्यालयमा दिलाईन्छ । त्यस्ता बिद्यार्थीहरु पढन भने निजी बिद्यालयमा जान्छन । लाग्ने सबै शुल्कहरु समेत निजी बिद्यालयमा तिर्ने गरेका छन । जाच मात्र सरकारी बिद्यालयमा दिने गर्छन । त्यस्ता बिद्यार्थीहरुको हाजिर समेत एकै पटक सरकारी बिद्यालयमा गराईन्छ ।शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले ६ बर्ष अघि सम्म आफुले त्यस्ता अबैध काम गरिएको थाहा पाए पछि रोक्न खाजेको बताए । अहिले सबै अधिकार जति पालिकालाई गएकाले त्यस बारे आफुलाई थाहा नभएको उनले बताए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६