देश

शिक्षक लाइसेन्सको परीक्षा दिन विषय बाधक नबन्ने, जुनसुकै विषय पढेकाले पनि दिन पाउने



काठमाडौँ, १५ जेठ ।

सरकारले शिक्षक अध्यापन अनुमति पत्रका लागि नयाँ व्यवस्था कार्यान्वयन गर्ने भएको छ। अब जुनसुकै विषय अध्ययन गरेको व्यक्तिले पनि शिक्षक लाइसेन्सका लागि परीक्षा दिन पाउनेछन्।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो।

शिक्षा विषय अध्ययन गरेकाले मात्र शिक्षक लाइसेन्स परीक्षा दिने व्यवस्था सरकारले हटाएर सबैको लागि लागू गर्ने घोषणा गरेको हो। नेपालमा २०६१ देखि शिक्षक लाइसेन्सको परीक्षा लिँदै आएको छ।

सोमबार संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो घोषणा गरेका हुन्। ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ,’ डा। महतले भने।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६