खोज–अनुसन्धान

नयाँ बजेटले लुम्बिनीका कुन कुन क्षेत्र समेट्यो ?



रुपन्देही १५ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ ।यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि बजेट राखेर निरन्तरता दिइएको छ ।
यस्ता छन् बजेटमा लुम्बिनीका महत्वपूर्ण योजना :
४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको निरन्तरता ।
बुद्ध सर्किटको यसअधिको योजनालाई अगाडि बढाइने ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट ।
बौद्धमार्गीलाई प्रत्यक्ष रूपमा लुम्बिनीसँग जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारतलगायतका मुलुकमा सीधा हवाई उडानको व्यवस्था गर्ने ।
भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गरिने ।
मोतीपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने ।
गुल्मीको रेसुंगा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाइने ।
लुम्बिनीमा हिल स्टेशन बनाइने ।
रुपन्देहीको बुटवल कर्साघाटमा बृहत कृषि परियोजना सञ्चालन गरिने ।
स्थानीय तहमा रहेका औद्योगिक ग्राम छिट्टै पूरा गरिने र तयार भएका हस्तान्तरण गरिने ।
सिमेन्ट तथा ठूला उद्योग जाने बाटो निर्माण गरिने ।
बुटवल(नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन ।
नवलपरासीको धौवादी उद्योग थप अनुसन्धान प्रक्रिया अघि बढाइने ।
अर्घाखाँचीको चुनढुंगा खानी उत्खनन अगाडि बढाइने ।
नेपालगञ्जको एकीकृत जाँच चौकी सञ्चालन र भैरहवाको छिट्टै निर्माण गरिने ।
बुटवलमा मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाउने ।
राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान विस्तारका लागि रकम विनियोजन ।
सालझण्डी र बर्दघाटमा ट्रमा सेन्टर बनाउने योजना ।
नेपालगञ्ज, लुम्बिनीमा एकीकृत ढल व्यवस्थापन योजना सञ्चालन गरिने ।
नेपालगञ्जको प्रदेश रंगशाला निर्माणलाई अगाडि बढाइने ।
तिनाउ नदीको सिग्नेचर पुल निर्माण अघि बढाइने ।
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरिने ।
हुलाकी मार्गमा रहेका बाँकी जिल्लामा काम अघि बढाइने ।
गुल्मी र रोल्पामा पर्ने मदन भण्डारी मार्ग निर्माणलाई अगाडि बढाइने ।
कालीगण्डकी करिडोरलाई थप स्तरोन्नति गरिने ।
राप्ती राजमार्ग स्तरोन्नति गरिने ।
कोहलपुर(बुटवल सडक, बुटवल(पोखरा सडक स्तरोन्नति गरिने ।
बुटवल(बेलहिया सडक बाँकी काम पूरा गरिने ।
सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन ।
लुम्बिनी करिडोरमा एकीकृत विकास योजना ।
नेपालगञ्जमा सभाहल निर्माण अगाडि बढाइने ।
देउखुरीस्थित प्रदेश राजधानी पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन ।
सिंचाइमा लगानी, खेतबारीमा पानीअन्तर्गत सिक्टा सिंचाइ आयोजना ५३ किलोमिटर पूरा गरिने ।
रानीजमरा(गुलरिया आयोजनालाई अगाडि बढाइने ।
बबई सिंचाइ आयोजनालाई अगाडि बढाइने ।
भेरी(बबई डाइभर्सन आयोजनालाई थप व्यवस्थापन गर्न बजेट विनियोजन ।
दाङको प्रगन्ना र बड्का सिंचाइ आयोजनालाई निरन्तरता ।
राप्ती, बबईलगायतका जोखिम क्षेत्रमा नदी नियन्त्रण कार्यक्रम
बुटवल(कोहलपुर प्रशारण लाइन अगाडि बढाइने ।
माथिका अधिकांश आयोजना यसअघिकै निरन्तरता हुन् भने केही आयोजनाको मूल बजेटमा नाम छुटेको छ । गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको निर्माणका लागि बजेटमा विनियोजन गरिएको छैन । सिद्धार्थ क्रिकेट मैदानलाई यसअघि नियमित बजेट आए पनि अहिले समावेश छैन ।त्यसैगरी अन्य आयोजनाको नाम समेटिए पनि कालीगण्डकी तिनाउ डाइभर्सनको योजना समावेश छैन ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६