खोज–अनुसन्धान

स्थानीय सरकारद्वारा बेवारिसे महिलाको उद्धार




कपिलवस्तु १६ जेठ ।गणतन्त्र दिवसकै दिन वाणगंगा नगरपालिकाले अपरिचित मानसिक सन्तुलन गुमाएकि अन्दाजी ४५ वर्षकी महिलालाई उद्धार गरेको छ । ति अपरिचित महिलालाई ४ नं चोक वजारबाट उद्धार गरि मानव आश्रम सेवा रुपन्देहीमा पठाइएको हो । शरीरमा कपडा समेत नभएकी बाटोमा भौतारिदै हिड्ने गरेकी महिलालाई नगरपालिकाले नयाँ कपडा लगाइदिएर आश्रम सेवा रुपन्देहिमा पठाएको हो ।

नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल , वडा नं ४ का अध्यक्ष छबि रेश्मिी मगर , सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तेजप्रसाद आचार्य , महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्त , इलाका प्रहरी कार्यालय पिपरा , सञ्चारकर्मी लगायतको रोहवरमा मानसिक सन्तुलन गुमाएकी अपरिचित बेबारिसे महिलालाई उद्धार गर्दै मानव आश्रम सेवा रुपन्देहिमा पठाइएको हो ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६