प्रदेश

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकामा एमाले रुपन्देहीको गम्भीर ध्यानाकर्षण



रुपन्देही, १६ जेठ । भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले आज एक विज्ञप्ती जारी गर्दै भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तु जिल्लालाई पनि समावेश गरिएको खवरहरु सार्वजनिक हुनु  आपत्तिजनक रहेको उल्लेख गर्नुभयो । 

विज्ञप्तीमा यसबारेमा नेपाल सरकारको धारणा के हो ? यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ । “नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भू–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नु त कहाँ हो कहाँ, थप भू–भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं”–विज्ञप्तीमा उल्लेख छ । 

यसले भारत नेपालको मिचिएको भूभाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको उल्लेख गर्दै विज्ञप्तीमा भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले उसको राष्ट्रियताप्रतिको चरित्र समेत उदाङ्गो भएको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सुरु हुनै लाग्दा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भू–भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

अन्यथा राष्ट्रियताको संरक्षणमा नेकपा एमाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको समेत विज्ञप्तीमार्फत जानकारी गराइएको छ । 

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६