अन्तर्राष्ट्रिय

कपिलवस्तुवाट १९१ हज यात्री मक्का मदिना जादै




गुलाम अली
कपिलवस्तु १६ जेठ । कपिलबस्तुबाट साउदी अरबको मक्का मदिना सहरमा जाने हज यात्रीहरुलाई तौलिहवा बसपर्कबाट बिदाई गरिएको छ । यस बर्ष नेपालबाट १ हजार ४ सय ४४ जना हजाको लागि जाँदै छन् ,जिल्लाबाट सबैभन्दा बढी १९१ तीर्थ यात्रीहरु साउदी जादै छन् , दोस्रोमा बाँकेबाट १३८ जाँदै छन भने सबैभन्दा कम पाल्पाबाट १ जनामात्र जाँदै छन् ।ईस्लाम धर्मर्शास्त्र अनुसार झण्डै ढेढ महिना मक्का र मदिनामा प्रार्थना गर्न साउदी अरब जान लगेको हजयात्रीहरुले बताँएका छन् । अल्लाहको घर भनेर घुम्न , प्रार्थना गरे पुन्य कमाईन्छ भन्ने मान्यता छ ।
ईस्लाम धर्मावलम्बीहरुको बाहुल्यता रहेको क्षेत्रबाट हरेक बर्ष साउदी अरबको मक्का मदिना प्रार्थनाका लागि जाने गरेको छन् । ईस्लाम धर्मका पाँच स्तम्भमध्ये हजयात्रा पनि एक महत्वपूर्ण स्तम्ब रहेको हजयात्रीहरु बताउँछन् ।पैसा भएको मानिस हज अनिवार्य रुपमा जानु पर्ने ईस्लामको मान्याता रहेको धर्मगुरुहरु बताँउछन् । हजयात्रीलाई फर्किएपछि हाजी र हज्जिन पनि भनिन्छ । कपिलबस्तु जिल्ला मुस्लिमधर्मावलम्बीहरु सबैभन्दा दोस्रो ठुला जिल्ला भएकोले यस बर्ष कपिलबस्तु जिल्लाबाट सबैभन्दा बढी १९१ हजयात्रीहरु साउदी जाने भएका हुन ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६