अर्थ-वाणिज्य

‘छोरी पढाउ, छोरी बचाउ’ अभियान अन्तर्गत २८० साइकल बितरण




कपिलवस्तु १७ जेठ ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रा विद्यार्थीहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको हो । मंगलबार गणतन्त्र दिवसको अवसरमा छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले शिक्षामा छात्राहरुलाई आकर्षित गर्नका लागि ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरि शिक्षामा जोड दिएको छ ।
आधारभुत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्धेश्यले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि प्रोत्साहन स्वरुप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । उनले यस विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा भर्ना दर बढेको बताउँदै विद्यार्थीहरुमा पढ्ने उत्साह बढेको र अभिभावकहरुमा शिक्षाप्रति चेतना बृद्धि भएको बताए ।यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छात्राहरुले शिक्षित भए मात्र शिक्षित घर, परिवार र सभ्य समाजको निर्माण हुने बताइन् ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा विद्यालय पठाउनुपर्नेमा जोड दिए ।प्रदेश सरकार र विजयनगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिनुभयो । गाउँपालिकाले २ सय ८० जना छात्रालाई साइकल र ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६