अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशमा अन्तरसरकारी वित्तीय हस्तान्तरणको १५ अर्ब ३८ करोड ४२ लाख बजेट




बुटवल १७ जेठ। अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड र चालुतर्फ १० अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।समानीकरण अनुदानतर्फ ८अर्ब १४ करोड ८३ लाख,सशर्त अनुदानतर्फ ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानतर्फ ८४ करोड तथा विशेष अनुदानतर्फ ५६ करोड छुटुयाइएको छ । संघीय सरकारबाट लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्त्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ ।
यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि निरन्तरता दिइएको छ ।४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको लागि निरन्तरता दिइएको छ । त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट दिने घोषणा गरेको छ । उता, भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गर्ने, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने घोषणा गरेको छ । गुल्मीको रेसुङ्गा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाउन पनि बजेटमा उल्लेख छ । यस्तै, रुपन्देहीको बुटवल कर्साघाटमा बृहत् कृषि परियोजना सञ्चालन गर्नेदेखि बुटवल–नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । कोहलपुर–बुटवल सडक, बुटवल–पोखरा सडक स्तरोन्नति तथा सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६