देश

नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा प्रदर्शन, १६ जना पक्राउ



काठमाडौं, १७ जेठ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि प्रदर्शन गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको नेता कमलराज जोशीले बताए ।
जिल्ला प्रहरी परिसर, टेकुका एसपी सिताराम रिजालले चाहिँ ८ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको बताए।

उनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको हो’, उनले भने । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधयेक हालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणिकरण गरेका थिए ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६