ब्रेकिंग न्युज

जनअपेक्षा पुरा गर्नेतर्फ पार्टी नेता र जनप्रतिनिधी परिचालित हुन सांसद अधिकारीको आग्रह



कपिलवस्तु, १७ जेष्ठ ।नेकपा(एमाले) का केन्द्रिय सदस्य सदस्य, कपिलवस्तु एन्चार्ज एवम्. कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले जनचाहनालाई केन्द्रमा राखेर पार्टी कार्यकर्ताले पार्टी गतिविधी संचालन गर्न आग्रह गर्नु भयो । एमाले कपिलवस्तु इन्चार्ज अधिकारीले पार्टी कार्यकर्तालाई समय सापेक्ष आफुलाई बदल्दै आफ्ना क्रियाकलाप केन्द्रित गर्न जोड दिनु भयो । प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिनु भयो । नेता अधिकारीले मदन आश्रित स्मृती भवन तौलिहवामा बुधबार नेकपा (एमाले ) कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई बुसम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तवले कपिलवस्तुबासी एमाले प्रति निकै आशावादी रहेको चर्चा गर्दै जनताको भरोसा पुरा गर्ने दिशातर्फ पार्टी नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनु भयो ।सम्पन्न वैठकले जिल्ला सचिवालय सदस्यमा कैलाश अग्रहरी, वजरंजि प्रसाद चौधरी र सोमनाथ अर्याललाई चयन गरेको जनाएको छ । वैठकले नयाँ पार्टी सदस्यता प्रदान गर्ने र नविकरणको कामलाई यही असार ७ गते भित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । नयाँ पार्टी सदस्यता प्रदानका निम्ति जिल्ला संगठन विभागललाई जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ । सोही वैठकले पार्टीका मोर्चा संगठनको वैठक जेष्ठ २७ गतेका लागि तय गरेको जनाएको छ ।

वैठकले संगठन सुदृढीकरण एवम् विस्तार अभियान, स्ववियु निर्वाचन, जिल्लाको समग्र विकास निर्माण, जनअपेक्षा र समसामयिक विषयमा समिक्षा गरिएको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।सोही वैठकले मदन आश्रित स्मृती पुस्ताकालयको ब्यवस्थापनको जिम्मेवारी जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेलाई प्रदान गरेको छ ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा प्रस्तुत वैठकका प्रस्तावहरु सर्वसम्मतले पारित गरेको थियो । वैठकमा क्षेत्रगत प्रतिवेदन जिल्ला सचिव सिवि गहतराज, उपसचिव शुसिला दरलामी, जिल्ला सचिवालय सदस्य विश्व कार्कीले प्रस्तुत गर्नु भएको थियो ।वैठक एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु कृष्ण प्रसाद पौडेल, मित्रलाल शर्मा, बाबुराम खनाल, द्रोणराज सुवेदी, सफरअलिमिया, आजाज अहमद दर्जी लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६