अर्थ-वाणिज्य

कपिलवस्तुमा ठुला आयोजना ल्याई विकास गर्ने मन्त्री आचार्यको दावि




कपिलवस्तु १७ जेठ।महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परको कपिलवस्तुमा ठुला परियोजना ल्याई विकास गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । मन्त्री नियुक्त भए पछि पहिलो पटक जिल्लामा ४ दिने कार्यक्रमकालागि आएका मन्त्री आचार्यले तौलिहवा स्थित पार्टी कार्यालयमा अनौपचारिक रुपमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय तहका पु्र्वाधार खडा हुन नसकेको भन्दै जिल्लामा बिकासका योजना ल्याउन भुमिका खेल्ने बताएका हुन ।
निर्वाचन क्षेत्र नम्बर २ का साँसद समेत रहेका आचार्यले ठुला परियोजना सँगै आफुलृ रोजगारको अवसर सिर्जना गरी स्वरोजगारको बातावरण बनाउने बताए । समग्र जिल्लाको विकास नै आफनो ध्यय रहेको उनले बताए । काँग्रेस नेतृ मिना पाण्डेको निघनको शोकमा भएका कारण पार्टीले अनौपचारिक रुपमा पार्टी कार्यालयमा भेटघाट कार्यक्रम आयोजना गरेको थियो । निर्वतमान काँग्रेस केन्द्रिय सदस्य तथा साँसद अतहर कमालले मानव बिकास सुचकाँकमा पछि रहेको कपिलवस्तु जिल्लाको बिकासमा मन्त्री आचार्यको पहल गर्नु पर्नेे बताए ।
कपिलवस्तु र लुम्बिनी प्रदेशकै प्रतिनिधीत्व गर्दै मन्त्री बन्नु खुसीको बिषय भएको बताउदै नेता कमालले कपिलवस्तु बिकासका योजनाहरु सम्मिलत हुनेमा ढुक्क रहेको बताए । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले देशको अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा आफुहरुले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार अगाडी बढ्ने बताए । आम नागरिक र कार्यकर्ताको भावना अनुसार जिल्लामा बिकासको योजना अगाडी बढ्ने काँग्रेस जिल्ला सभापति अब्दुल कलामले बताए ।त्यसै गरि यशोधरा गाउँपालिकाका बिभिन्न वडा र कपिलवस्तु नगरपालिकाको सागरटोल स्थित जेष्ठ नागरिक पार्क, बाल गृह लगायतको स्थानको अवलोकन गर्दै मन्त्री आचार्यले क्षेत्रबासी भेटघाट सँगै सुझावहरु संकलन गरेका थिए ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६