खोज–अनुसन्धान

कैलाली मै जल्यो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला




कैलाली १९ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ ।राष्ट्रिय युवा संघ नेपाल कैलालीले जिल्लाको घोडाघोडी नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको र गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शिवराज चन्दले जानकारी दिए ।
कैलाली चोकबाट नाराबाजी गर्दै राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरू मुख्य सडकमा पुगेर पुत्ला दहन गरेका थिए । त्यस अघिको कोणसभामा नेकपा एमालेका जिल्ला उपसचिव ममता प्रसाद चौधरी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश महरा र शिवराज चन्द, प्रदेश कमिटी सदस्य प्रकाश खड्का जिल्ला अध्यक्ष लक्ष्मण थापा लगायतले सम्बोधन गरेका थिए ।उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको राष्ट्रियतामा आँच आउने काम गरेको, भारतले नेपाली भूमि आफ्नो नक्सामा राख्दा पनि विरोध नगरेको लगायतका बिषयमा उनीहरुले विरोध गरेका थिए ।कोणसभा लगत्तै युवाहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६