खोज–अनुसन्धान

कपिलवस्तुको औलो नियन्त्रणमा सफलता :४ बर्षयता सङ्क्रमण शून्य




कपिलवस्तु,२० जेठ । कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ । जिल्लामा विदेशबाट आउनेमा सङ्क्रमण देखिए पनि स्थानीय स्तरमा कुनै सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय कपिलवस्तुको अधिकृत प्रवास पन्थीले बताउनुभयो । चालु आर्थिक वर्षमा युगान्डा र भारतबाट फर्किएका व्यक्तिमा मलेरिया देखिएको थियो ।
कार्यालयले ६ हजार ४८५ जनाको औँलो परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भएकामा स्थानीय नभई विदेशबाट आयातित भएको देखिएको पन्थीको भनाइ छ । सङ्क्रमितको एक महिनाको ट्राभल हिस्ट्री अवलोकन गर्ने र टोलमा ५० घर सबै मानिसको रगत परीक्षण गर्ने बताइएको छ । त्यसरी अध्ययन गर्दा सङ्क्रमित व्यक्तिहरू विदेशबाट आउँदा आफूसँग सङ्क्रमण ल्याएको देखिएको स्वास्थ्य कार्यालयका निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो

प्रकाशित : २० जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६