अर्थ-वाणिज्य

एकै बर्षमा नगरपालिकाका प्रतिनिधीले ४२ लाखको भात खाए

खाजामा थप १२ लाख तिर्नै बाँकी




सुर्खेत २० जेठ । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले निर्वाचित भएको एक वर्षमा ४२ लाखको भात खाएको खुलेको छ । निर्वाचित भएको एक वर्षमा खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ, भने १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनप्रतिनीधिले बताएका छन् ।वाँकी रहेको रकम खाजाको हो ।कर्मचारीको मिलेमतोमा होटल व्यवसायीले भारी मात्राको बिल बनाई कार्यालयमा पेश गरेर भुक्तानी दिएको छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले आरोप लगाए । ‘न्यौपाने होटलको २५ लाख ६० हजार ८२५ भुक्तानी भइसकेको पाइएको छ भने बाँकी १२ लाख मात्र भुक्तानी हुन बाँकी रहेको पाइएको छ ।’ उनले भने,‘दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपैयाँसमेत भुक्तानी भइसकेको पाइएको छ ।’
२०७९ असार १ गतेदेखि जनप्रतिनिधिले नयाँ जिम्मेवारी सम्हालिसकेपछि दुईवटा नगरसभा भएका छन् । कार्यपालिकाका बैठक १६ वटा भएका छन् । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले बताए ।होटल सञ्चालकसँग किन यत्रो बिल बनाएको भनी आफूहरूले प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृतले नै बिल बनाउनु भनेका कारण आफूहरूले यत्रो बिल बनाएको बताएका छन् ।’

उनले भने, ‘एक वर्ष नबित्दै यत्रो बिल आएपछि आफूहरू हैरान भएको जनप्रतिनिधिले बताएका छन् । लेखा फाँटमा ठूलो बिल पुगेर केही भुक्तानी भएको र बाँकी १२ लाख भुक्तानी गर्दा विवाद भएपछि जनप्रतिनिधिले थाहा पाएका हुन् ।’आफू त्यत्रो बिलको भुक्तानी नदिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर आरसीले बताए । ‘राम्रो काम गर्ने व्यक्तिको स्थान नहुने रहेछ ।’ उनले भने,‘भएअनुसार नै बिल भुक्तानी भएको होला ।’

प्रकाशित : २१ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६