अर्थ-वाणिज्य

एक दशक अलपत्र पुलको सत्यकथा: ठेक्का तोड्न २ वर्ष ,नयाँ बनाउन एक वर्ष




पार्वती पाण्डे
कपिलवस्तु २२ जेठ । २०७० साल भन्दा अघिवाट शुरु भएपनि ठेकेदारले काम नगर्दा अलपत्र परेको बानगंगा ११ को मर्थिदेखि भडसडवा भडडीहवा जाने सडकमा एक दशक पछि पुल निर्माण कार्य तीव्र बनेको छ । लुम्विनी प्रदेश सभा सदस्य विष्णु पन्थीको निरनतर सकृयताले पुरानो ठेक्का रद्ध भई प्रदेश सरकारको नयाँ वजेटवाट चालु आवमा यो काम अघि बढेको हो । तौलिहवा जीतपुर सडक खण्डको मर्थिवाट भडसडवा हुदै भडडीहवा जाने सडकका बीचमा रहेको हुडरीया खोलामा उक्त पुल निर्माण जारी रहेको हो ।
सांसद पन्थीले भन्नु भयो प्रदेश सभा स्थापना हुनु भन्दा अघि जिविस कपिलवस्तुले लगाएको ठेक्का ठेकेदारले काम नगरी अलपत्र पारेपछि ठेक्का रद्ध नहुदा सम्म नयाँ बजेट राख्न मिलेको थिएन । मैले सो ठेक्का वदर गर्न डेढ वर्षदेखि दौडधुप गरेर सफल भए सांसद पन्थीले भन्नु भयो । ठेक्का तोडिएपछि नयाँ ठेक्का वाट काम शुरु भएर यतिबेला पुल निर्माणको अनितम चरणमा पुगेको देख्दा खुशी लागेको पन्थीको भनाइछ ।
यता सोही वडाका स्थानिय वासीिन्दा समेत रहेका एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले यो पुल नवन्दा स्थानीय किसानले वर्षयाममा खेती गर्न धेरै लामो दुरीपार गरेर अर्र्कैवाटोवाट आफ्नो खेतमा आउने वाध्यता रहेको वताउनु भयो । २० मिटर लम्वाई रहेको उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेपछि अव त्यो बाध्यता हटेको छ भन्दै शर्माले यो पुल ओदारी मर्थि सिउटी भडडीहवा र भडसडवाका वासिन्दाका लागि निकै लाभदायी बकेको तर्क गर्नु भयो ।
पुल निर्माण स्थलमा भेटिएका स्थानीय अशोक पन्तले यो काम सांसद विष्णु पन्थीको अथक मेहनतले मात्र सफल भएको वताउनु भयो । अरु कसैले भए यति धेरै मेहनत नगर्ने भन्दै सो कामकालागि सांसद पन्थीलाई बिशेष धन्यवाद दिन्छु उहाले भन्नु भयो । १ करोड ३० लाख बजेटमा निर्माणाधिन उक्त पुल चालु आवको असार मसान्त भित्रै सम्पन्न हुनेछ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६