अर्थ-वाणिज्य

फेरी डुब्यो अर्काे सहकारी : ठूलो रकम कुम्लाएर अध्यक्ष खनाल गायव




बुटवल २२ जेठ। गएको कार्तिक महिना देखि संकटमा परेको बुटवलमा प्रधान कार्यालय रहेको शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको रकम कुम्ल्याएर गायव भएको आरोप लागेको छ।सहकारीका अध्यक्ष प्रकाश खनाल बचतकर्ता तथा लगानीकर्ताको लखौ रकम कुम्ल्याएर सम्पर्कविहिन भएको गुनासो बचतकर्ताहरुको छ। गएको मंसिर १४ गते समयचक्र डटकमले संकटमा परेको सहकारीको रुपमा समाचार सार्वजनिक गरेसंगै आफुहरु संकटमा नपरेको दावी गर्दै जुनसुकै समयमा पनि बचतकर्ताहरुले मागेको रकम फिर्ता गर्ने बाचा गरेका थिए। तर अहिले अध्यक्ष खनाल आफुले गरेको उक्त बाचा पूरा गर्न नसकेपछि सम्पर्कविहिन भएका छन्।
विगत ३ महिनादेखि बन्द रहेको सहकारीमा कार्यरत कर्मचारीहरुको समेत रकम कुम्ल्याएर अध्यक्ष सम्पर्कविहिन भएपछि पीडितहरु प्रहरी प्रशासनको शरणमा पुगेका छन्। पीडितहरुले लुम्बिनी प्रदेश सहकारी रजिष्टारको कार्यालयमा उजुरी दर्ता गराएपछि सहकारी रजिष्टार कार्यालयले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्राचार गरेपछि सक्रिय रहेको प्रहरीले सहकारीका अध्यक्ष प्रकाश खनाललाई खोजतलास गरेको थियो तर खनाल भने फेला नपरेको प्रहरीले बताएको छ।सोमबार पीडितहरुले केही उपाए नलागेपछि अध्यक्ष खनाल बस्ने घर बुटवल–११ देविनगरमा घेराउ गर्न पुगेका थिए। यसैगरी सहकारीको कार्यालयमा समेत पुगेका उनीहरु कार्यालयको मूल गेटमै ताला झुण्डिएको देखेपछि निराश हुँदे घर फर्केका छन्। करिब ५ हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १५ सय बढी सदस्य रहेको कर्मचारीहरु बताउँछन्।

बुटवलको देविनगरमा सामान्य पसल सञ्चालन गरेर बसेकी गोमा खड्काले आफ्ना २ छोराछोरीको पढाई खर्च जुटाउन सजिलो होस भनि सहकारीमा रकम जम्मा गर्दै आएको पैसा फिर्ता आउदैनकी भन्ने चिन्ताले सताएको छ।खडकाले आफूले खाइनखाई बच गरेको ५० हजार बढी रकम सहकारीबाट पाउन रहेको बताईन्।तिलोत्तमा–७ घर भई हाल बुटवलमा व्यापार व्यवसाय गर्दै आएका योगेश पाण्डेले ०७८ साल भाद्रमहिनादेखि मासिक रुपमा रकम जम्मा गर्दै आएका थिए। व्यवसाय सञ्चालनका लागि विभिन्न समयमा रकम निकालेका कारण ठूलो रकम डुब्नबाट भने आफू जोगिएको उनी बताउँछन्। यसरी सञ्चालक सम्पर्कविहिन भएर बसेपछि प्रहरी प्रशासनले समेत उनलाई नियन्त्रणमा ल्याउन नसक्दा आफूहरुले न्याय पाउनेमा विश्वास गुम्दै गएको पीडित मध्येका प्रदिप थैवले गुनासो गरे ।सहकारीबाट ३ लाख बढी रकम आफूले पाउनु पर्ने बताएका थैवले सहकारीहरुको नियमक निकायको लार्पवाहीले समस्या बढदै गएको बताए।
सहकारीले बचतकर्ताको मात्रै होइन स्वयम सहकारीका कर्मचारीहरुको समेत रकम ठगी गरेर फरार रहेको पीडितहरुको गुनासो छ। सहकारीमा आवद्ध कर्मचारीहरुको मात्रै ३० लाख बढी बचत रकम निकाल्न नपाएको उनीहरुले बताए। सहकारीमा कार्यरत कर्मचारी करिश्मा श्रेष्ठले आफूलेको काम गरेबापत २ महिनाको मासिक पारिश्रमिक पाएकी छैनन् भने बचतमा रहेको ५० हजार पनि निकाल्न पाइनन्।यसैगरी अर्की कर्मचारी अन्जना मल्लिकले पनि २ महिनाको तलव सुविधा नपाएको र बचतमा रहेको ४ लाख रकम निकाल्न नपाएको गुनासो गरिन।सहकारीको ब्यवस्थापक रहेकी अनिता पछाईको समेत १५ लाख बचत रकम डुवेको र आफुले लामो समयदेखि तलव समेत नपाएको गुनासो गरीन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले आवश्यक कारबाहीका लागि सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको बताए। सञ्चालक खनाल बुटवल क्षेत्रमै नभएको आशंकामा नियन्त्रणका लागि अन्य ठाउँमा समेत समन्वय गर्ने काम भइरहेको दाबी गरे।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६