खोज–अनुसन्धान

खानेपानीको हाहाकारले नगरवासी तनावमा




तानसेन २२ जेठ । तानसेन खानेपानी उपभोक्ता समितिको गठन प्रक्रिया अलपत्र परेको छ । तीन वर्षदेखि अबैध रुपमा संचालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न लागेको छ । तर पूर्णत सफल हुन सकेको छैन ।नयाँ समिति बनाउन लागेको चार वर्ष बितिसकेको भएपनि नयाँ समिति बनाउने काम अलपत्र परेको हो । समितिभित्रका पदाधिकारीबीच भएको विवादका कारण चार वर्षदेखि खानेपानी उपभोक्ता समिति बन्न नसकेको हो ।नयाँ समिति नबन्दा काम चलाउ अवस्थामा रहेको पुरानै समितिभित्र रहेका पदाधिकारीबीच चरम विवाद छ ।

समितिमा बसेर तलबभत्ता पाउने पनि होइन तर समिति छाड्न नमान्ने पुराना पदाधिकारीमा छ । समितिमा जुकाजस्तो टाँसिरहनुको भित्री रहस्य कसैले बुझ्न नसकेको तानसेनका उपभोक्ता बताउँछन् ।विवादित समितिका कारण तानसेनको खानेपानी समस्या समाधान हुन सकेको छैन । कालीगण्डकीको पानी तानसेनमा वितरण गर्ने भनेको दुई वर्ष बितिसकेको छ तर अहिले पनि उक्त योजना सफल हुन सकेको छैन ।

लामो समयसम्म नयाँ समिति बन्न नसक्दा खानेपानीको काम लथालिङ्ग बनेको तानसेनका उपभोक्ताको भनाई छ । खानेपानी उपभोक्ता समिति चयनका लागि पटक–पटक साधारणसभा तथा भेलाको मिति तय भएपनि सरेकोस¥यै भएको छ । उपभोक्ता समिति गठन गर्ने भनेको चार वर्ष बित्यो तर अहिलेसम्म पुरानै समिति छ । उपभोक्ता समिति बन्न नसक्दा काम चलाउ समितिले खानेपानी व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको तानसेनका उपभोक्ताको भनाई छ ।समितिभित्रका पदाधिकारी तथा सदस्यका बीचमा विवाद चुलिएपछि समस्या भएको एक पदाधिकारीले बताए । तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यको तीन वर्षअघि नै निधन भइसकेको छ । त्यसपछि नयाँ समिति बन्न सकेको छैन ।

समिति बनाउन तानसेन नगरपालिकाले गरेको प्रयाास असफल बनेको छ । हालसालै भने नयाँ समितिको चयन प्रक्रिया अगाडि बढाउन नेपाल वार एशोसिएसन पाल्पालाई जिम्मा दिइएको समितिका सचिव केशव पौडेलले बताउनुभयो । तर वार एशोसिएसनले कसरी निर्वाचन सम्पन्न गर्छ, त्यो भने हेर्न बाँकी छ । समितिका केही पदाधिकारीले बाटोमै आफू अनुकूल विधान परिवर्तन गरेर अघि बढ्न खोज्दा समस्या भएको कतिपयको आरोप छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६