अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सभा बैठक जेठ २६ मा बस्ने : नीति कार्यक्रम ल्याउने तयारी




रुपन्देही २४ जेठ । लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको हो ।सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तयारी गरेको सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेयले जानकारी दिए ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६