खोज–अनुसन्धान

एस.ई.ई पछिको समयमा ३६० डिग्रि रोटेटिङ टिकटक मेसिन बनाएः पारस



कपिलवस्तु, २४ जेठ । “म अहिले एस.ई.ई दिएर बसिरहेको छु । पछिल्लो समय टिकटक धेरै चल्यो, त्यसैले टिकटक भिडियो बनाउने क्रममै मलाई ३६० डिग्रि रोटेटिङ टिकटक मेसीन बनाउन मन लाग्यो र बनाए । खाली समयको सदुपयोग पनि भयो ।”

उनी हुन कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बबर २ बैजलपुर निवासी पारस बेल्वासे । टिकटक भिडियो आकर्षक बनाउन मन लागेपछि उनले अहिले ३६० डिग्रिमा घुम्ने मेसिन बनाएका छन । पढाई सङ्गै आफ्नो सिप र क्षमतालाई अगाडि बढाउनको लागि यस्तो मेसिन बनाएको उनी बताउँछन ।

समान अभावका कारण करिब १५ दिनमा तयार भएको यस मेसिनमा मोबाइल राखेर भिडियो गराउँदा चारैतिर घुम्ने हुँदा भिडियो आकार्षक हुने गर्दछ । यस मेसिन बाट टिकटक मात्र नभएर अन्य कुनैपनि प्रकारका भिडियो सजिलै खिच्न सकिन्छ ।

आफू सामान्य परिवारको व्यक्ति भएको कारण आर्थिक अभावका कारण मेसिनमा आफुले चाहेजस्तो अन्य सुविधा थप्न नसकेको उनी बताउने गर्दछन । कुनै निकाय बाट केही मात्रै सहयोग भए थप राम्रो र अन्य प्रकारका मेसिन पनि बनाउने उनी बताउने गर्दछन । यद्यपि कसैको सहयोग नभए पनि भबिस्यमा आफ्नै मेहनत र आफ्नै कमाइबाटै अझै उपयोगी मेसिन बनाउने सपना भएको उनी बताउने गर्दछन ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६