खोज–अनुसन्धान

अवको चार बर्षमा नागरिक उन्मुक्ति सिधै सिंहदरवारको सत्तामा : चौधरी




परासी २४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले वर्तमान संविधानले भूमिपुत्र थारु र आदीवासी जनजातिको अधिकार सुनिश्चित नगरेको भन्दै अब संघर्षबाट अधिकार प्राप्त गर्नुपर्ने बताएका छन् ।पश्चिम नवलपरासीको परासीमा आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा चौधरीले अधिकारप्राप्तिको लडाइँमा जेलभित्र हुँदा र अब खुला राजनीतिमा पनि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।
सयौं राष्ट्रिय गीत लेख्ने, गाउने गरेको एक पत्रकार, कलाकारलाई राज्यले विभेद गरेर जेलमा बस्न बाध्य पारेको भन्दै जेलबाटै जन्मिएको नागरिक उन्मुक्ति पार्टीले यो देशको पहिचानवादी र पीछडिएका जनताको पक्षमा राजनीति गर्ने उनले बताएका थिए ।यस्तै २०८४ मा हुने निर्वाचमा मुलुकभर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरू विजयी भएर सिंहदरबार हाँक्ने पनि उनको जिकिर थियो । मन्तव्यको क्रममा नेता चौधरीले आफ्नो जेलभित्रका दुःखद अनुभव पनि सुनाएका थिए । साथै उनले अन्य दलका कार्यकर्ताहरूलाई लक्षित गर्दै अब पुराना पार्टी छोडेर आफ्नो नयाँ अभियानमा जोडिन आग्रह गरे ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६