कृषि

आस्थाको केन्द्र बन्दै कपिलवस्तुको ‘जहदी रक्षाबाबा’




तौलिहवा २४ जेठ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीस्थित रक्षाबाबा अस्थाको केन्द्र बन्दै गएको छ। यस क्षेत्रमा बसोबास गर्ने मानव तथा पशुपन्छीको रक्षा गर्ने देवता भएकोले यसलाई रक्षाबाबा नामकरण गरिएको स्थानीयको भनाइ छ। आफूहरूले गरेको भाकल पुरा भएमा रक्षाबाबालाई दूध, घिउमा पकाएको रोटी, फलफूल आदि चढाउने प्रचलन छ ।रक्षाबाबाको मूर्तिमा टाउको फुटेको र कुमसम्म प्वाल परेको देखिन्छ। बाँकी रहेको ठाउँकोको भागमा भेडाको सिङ जस्तो आकार बनाइएको छ। त्यसको किनारमा प्राचीन इनारसमेत छ।

यस क्षेत्रमा रातो माटाका भाडाका टुक्रा, इँटाका टुक्रा, माटाका साना बल देख्न सकिन्छ।स्थानीय सत्यदेव मिश्राका अनुसार स्थानीयले भाकल गर्ने गरेको र भाकल पूरा भएपछि पूजा गर्ने गरेको बताउनुभयो। रक्षाबाबा क्षेत्रमा यहाँका स्थानीयले विशेष देवताको रूपमा पूजा आराधना गर्ने गर्छन् रक्षाबाबा भएको क्षेत्रमा नेपाल सरकार पुरातत्त्व विभागले बोर्डसमेत राखेको छ। यसका साथै जिल्लामा विभिन्न ऐतिहासिक एवम् पुरातात्त्विकस्थल रहेका छन्। यस्ता क्षेत्रको संरक्षण सरोकारवाला निकायले विशेष चासो दिनुपर्ने स्थानीय बत्ताउँछन्। कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामगोपाल यादवले यस क्षेत्रको संरक्षण एवम् उत्खननका लागि सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६